दफा १०
सचिवको काम, कर्तव्य र अधिकार
(१) प्रचलित कानूनमा उल्लेख भएदेखि बाहेक सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) संघीय संसदका समिति र महाशाखाका कर्मचारीको प्रमुखको रूपमा कार्य गर्ने,
(ख) संघीय संसदका समितिको लागि आवश्यक पर्ने वार्षिक बजेट तयार गरी महासचिव समक्ष पेश गर्ने,
(ग) संघीय संसद र समितिसँग सम्बन्धित कार्यहरुको रेखदेख र व्यवस्था गर्ने,
(घ) सभामुख, उपसभामुख र महासचिवको निर्देशन अनुसार अन्य कार्य गर्ने ।
(२) संघीय संसदका सचिवको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।